काठमाडौं / राष्ट्रिय परीक्षा बोर्डले कोरोना भाइरसका कारण रोकिएको परीक्षा तयारीका लागि कक्षा १२ का विद्यार्थीहरुको विवरण संकलन गर्ने भएको छ ।
परीक्षा बोर्डले परीक्षा आवेदन फाराम भरेका विद्यार्थी महामारीका कारण अध्ययनरत विद्यालयभन्दा फरक जिल्ला वा स्थानमा बसिरहेका छन् वा छैनन भन्ने विवरण संकलन गर्न लागेका हुन् । सात दिनभित्र बोर्डको प्रदेश वा शाखा कार्यालयमा आइपुग्ने गरी संकलन गर्न लागेको बताइएको छ ।
कक्षा १२ को परीक्षा आवेदन भरेका र हाल आफू अध्ययनरत विद्यालयभन्दा टाढा रहेका विद्यार्थीलाई हाल बसिरहेको स्थान वा नजिकको कक्षा १२ पढाइ हुने विद्यालय, कोड र ठेगाना सहितको विवरण उपलब्ध गराउन बोर्डले आग्रह गरेको छ ।
शिक्षा ऐनअनुसार कक्षा १२ को परीक्षा स्थगित गर्न नमिल्ने भएको हुनाले वैकल्पिक माध्यमबाट परीक्षा लिने तयारी भइरहेको शिक्षा मन्त्रालयले जनाएको छ ।





















