चितवन / चितवनमा कोरोना भाइरसको संक्रमण पहिलको तुलनामा अध्याधिक बढेको छ । हिजो शुक्रबार ७१ जनामा कोरोना पोजेटिभ देखिएकोमा आज शनिबार बिहान सार्वजनिक विवरणमा जिल्लाका थप ८७ जनामा पोजिटिभ देखिएको छ ।
आज शनिबार संक्रमीतको सार्वजनिक विवरणमा ३ वर्षीय बालक देखि ९० बर्षका वृद्ध सम्म छन् ।भरतपुर अस्पतालमा रहेको भरतपुर कोभिड १९ परिक्षण प्रयोगशालामा शुक्रबार राती १२ बजे सम्म ५३३ नमुना परिक्षण गरिएकोमा ८७ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
संक्रमित मध्ये सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका छन् । भरतपुरमा ५० जना पुरुष र २३ जना महिलामा कोरोना पोजेटिभ देखिएको भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए ।
शुरुमा कम संक्रमित रहेको जिल्लाको कालिका नगरपालिकामा पोजिटिभ देखिने क्रम बढेको छ । पछिल्लो विवरण अनुसार कालिकामा ८ जनामा कोरोना पोजिटिभ देखिएको छ । क्वारेन्टाइनमा रहेका उनीहरु ६ जना पुरुष र २ जना महिला छन् । त्यस्तै खैरहनी नगरपालिकामा ४ जनामा पोजिटिभ पुष्टी भएको छ । यहाँ २ जना पुरुष र २ जना महिला छन् । उनीहरु सबै क्वारेन्टाइनका हुन् ।
त्यस्तै , रत्ननगर नगरपालिकामा २ जनालाइ कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु दुबै जना महिला हुन् ।





















