काठमाडौं / चलचित्र लेखक छेतेन गुरूङको ४२ वर्षको उमेरमै निधन भएको छ। पछिल्लो समय ‘प्रेमगीत-३’मा लेखन सँगै निर्माता सन्तोष सेन सँग संयुक्त रूपमा सिनेमा निर्देशन गरेका गुरूङको आज २ बिहान निधन भएको हो।
उनले नोभेम्बर रेन, क्लासिक, डमरूको डण्डिवियो तथा प्रेमगीत ३ चललिचत्र पनि लेखेका थिए ।
उनको उपचारका क्रममा महारागंजस्थित मेट्रो हस्पिटलमा निधन भएको हो। मिर्गौलासम्बन्धी समस्याबाट पिडित गुरूङको स्वास्थ्यस्थितिमा समस्या देखिएपछि सोमबार उनलाई अस्पताल भर्ना गरिएको थियो ।
उलाई मिर्गौला सम्बन्धी समस्या पहिलादेखि नै थियो। पछिल्लो समय उनको कलेजोले पनि पूर्णरूपमा काम गर्न छोडेको थियो। उनकी आमा र एक छोरी छन् भने श्रीमतीको केही वर्ष पहिला नै निधन भइसकेको छ ।





















