चितवन / चितवनको भरतपुरमा रहेको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रहेको प्रयोगशालालाई व्यवस्थित गरी आज सोमबारबाट कोरोना परीक्षण गर्न थालिएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले सञ्चालनको अनुमति दिए सँगै आज सोमबार बाट प्रयोगशाला सञ्चालनमा ल्याइएको अस्पतालका कार्यकारी निर्देशक डा देवकुमार गौतमले जानकारी दिनुभयो ।
अस्पतालले पिसिआर परीक्षण शुल्क रु तीन हजार ५०० तय गरेको छ । एक दिनमा चार सयसम्म नमूनाको परीक्षण गर्न सकिने उहाँकोे भनाइ छ ।आइतबार स्वाब सङ्कलन गरिएका ११७ वटा नमूना परीक्षणका लागि राखिएको छ । ती नमूनाको नतिजा आजै आउने उहाँले जानकारी दिनुभयो ।





















