काठमाडौं / विहीबार प्रेस लेखेको ज्याकेट लगाएर एक हातले क्यामारा एक हातले प्रहरीलाई ढुंगा हान्ने युवक पक्राउ परेका छन् ।
ललितपुरको पुल्चोकमा बिहीबार मत्स्येन्द्रनाथको रथ तान्ने स्थानीय युवक र प्रहरी सँगको झडपमा प्रहरीलाई ढुंगा हान्ने थप एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रेस लेखेको ज्याकेट लगाएका र हातमा क्यामेरा बोकेर प्रहरीतर्फ ढुंगा हान्ने युवकलाई शुक्रबार अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।
उनी महालक्ष्मी नगरपालिका– १३ इमाडोलका २१ वर्षका अनिश महर्जन हुन् । ती युवा पत्रकार नभएको खुलेको छ । उनी कुनै पनि सञ्चार माध्यममा संलग्न नरहेको र प्रेस कार्ड पनि नभएको पाइएको अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले जानकारी दिए ।





















