अर्घाखाँची / अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वडा नं. १३ का वडा अध्यक्षले सुचना लुकाएर आफनै श्रीमतिलाई जागिर खुवाएको समाचार प्रति विध्यालयले ध्यानाकर्षण भएको जनाएको छ ।
शितगगां नगरपालीका वडा नः १३ मा रहेको बुद्ध आधारभुत बिद्यालयमा नेपाली बिषयका लागि राहत कोटामा आवेदन गरिएको सुचना गुपचुप भन्ने समाचारमा सत्य तथ्य नभएको भन्दै भ्रमित समाचार संप्रेषण नगर्न विद्यालयले ध्यानाकर्षण भएको जनाएको हो ।
विज्ञप्तिमा बिद्यालयको शिक्षक बिज्ञान सम्बन्धमा केही अनलाइन मिडियामा प्रकाशित समाचार प्रती गम्भीर ध्यानाकर्षण भएको छ । सत्य तथ्य नबुझी कसैले ब्यक्तिगत रुपमा वडा अध्यक्ष र बिद्यालयको चरित्र हत्या गर्ने मनसायका साथ प्रकाशित समाचारको घोर भत्र्सना गर्दछौ साथै उक्त समाचारमा कुनैपनी सत्यता नभएको जानकारी गराउछौ भनी उल्लेख गरिएको छ ।
यसरी पुर्वाग्रही एकतर्फी रुपमा प्रकाशित समाचारको भ्रममा नपर्न सबैमा विद्यालयले अनुरोध समेत गरेको छ । साथै प्रचलित शिक्षा ऐन, नियमावली अनुसार कानुन सम्बत भएको विषयलाई बंग्याएर भ्रम नछर्न अनुरोध गर्दै बिद्यालयले विज्ञप्ति जारि गरेको हो ।
यता वडा अध्यक्ष दुर्गा बिसिले उक्त नियुक्तिमा आफु कुनै हिसावले नजोडिएको बताए । शिक्षक नियुक्ति वडा अध्यक्षले नभएर विद्यालयले गर्ने भएको हुंदा आफनो नाम जोडेर आफूलाई त्यसको कुनै सोधबुझ नै नगरी समाचार संप्रेषण गर्नु पत्रकारीताकै दुरुपयोग भएको बताए ।
त्यस्तै प्रध्याननध्यापक बावुराम भुसालले शिक्षक नियुक्ति नियम संगत नै भएको हो तर समाचार लेखन भ्रम छर्न र विधालय, वडा र प्रध्यानाध्यापकको बदनाम गर्न सम्प्रेषण गरेको बताए । शिक्षक नियुक्ति नियम संगत रुपमै परिक्षा ४ जनाको दरखास्त परेकोमा एक जनाको रित नपुेको र विद्यालयले खवर गरेको तर नआएको बताए ।
एक जनाले मात्र परिक्षामा उपस्थिति जनाएकोले उनलाई शिक्षा निमावली अनुसार परिक्षा गराइ नियुक्त गरेको बताए । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बावुराम बिसि, प्रधानाध्यापक बावुराम भुसाल, स्रोत ब्यक्ति निमानन्द भुसाल, शिक्षा अधिकृत नेगेन्द्र नेपाल, विषय विशेषज्ञ सुवोधिनि माध्यमिक विध्यालयका प्रध्यानाध्यपक कृष्ण मरासिनी, शितगगां नगरपालकिाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन गौतम लगायतको उपस्थितिमा परिक्षा गराएकोे प्रधनाध्यापक भुसालले बताए ।
उता सुचना बाट कोहि बन्चित नहोस भनेर रेडियो, पत्रीका सुचना प्रसारण वा प्रकाशन तथा विध्यालय, वडा कार्यालय, नगरपालिकामा समेत सुचनाको प्रतिलिपि टासेँको बताए । त्यस्तै विध्यालय ब्यवस्थापन समितिका अध्यक्ष बावुराम भुसालले सुचना संप्रेषण, परिक्षा र शिक्षक नियुक्ति सबै नियम संगत नै भएको बताए ।
यस्ता समाचारले भ्रम फैलाउने हुंदा समाचार लेख्दा बुझेर सत्य तथ्य लेख्न आग्रह गरे । त्यस्तै परिक्षको विषय विषय विशेषज्ञ कृष्ण मरासीनिले परिक्षा समय १० बजे तोकिएको निबेदन दिएका नआए पछि केहि समय रोकेर परिक्षा लगभग एक घण्टा सारिएको र दुइ जना उमेद्वार बाट नआउने खवर दिए पछि सहमतिकै आधारमा उपस्थित एक जनालाइ शिक्षा नियमावलिकै आधारमा परिक्षा र नतिजा प्रकाशन गरेको बताए ।






















