रौतहट / रौतहटको माधवनारायण नगरपालिकामा हनुमान मन्दिर तथा मठ निर्माण हुने भएको छ । गत भाद्र ३ गते सो मन्दिरका पुजारी श्रीराम साहको खाना खादै गरेको अबस्थामा कन्चटमा गोली हानी हत्या भएको थियो ।
नेकपा नेता तथा सांसद प्रभु शाहले मृतक पुजारीले निस्वार्थका साथ आफ्नै निजि लगानीमा सानो मन्दिर निर्माण गरि बस्दै आएका थिए तर पुजारीको एक्कासी हत्या भएपछि पुजारीको सम्मान स्वरुप आफुले ब्यबस्थित आकर्षक मन्दिर सोही स्थानमा बनाउने घोषणा गर्नु भएको छ ।
पुजारीको हत्याले सामाजिक तथा धार्मिक कार्यमा लागेका मानिस निरुत्साहित हुने भएकाले त्यस्तो अबस्था आउन नदिन सांसद साहले सो मन्दिर निर्मांणमा जुटनु भएको स्वकिय सचिव विजय यादवले बताउनु भयो ।
हत्या भएका पुजारीले सो स्थानमा हनुमान मन्दिर स्थापना गरेपछि बजारको तिब्र बिकास भइरहेको र पुजारीको हत्या पश्चात सो स्थानको भविष्य अन्यौलता बढेको माधवनारायण नगरपालिकाका उपमेयर सिमल कुमारीले साहले बताउनु भएको छ ।
सांसद साहले पुजारीको हत्यारालाई तुरुन्त पक्राउ गर्नु पर्नेमा जोड दिनु भएको छ ।





















