चितवन / चितवनलाई मेडिकल सिटी भन्ने गरिएको भरतपुरमा रातभर भौतारीदा समेत उपचार नपाउँदा आईतवार विहान होम बहादुर गुरुङको मृत्यु भएको छ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) कावासोती नगरपालिका ३, शिवमन्दिरका ५४ वर्षका गुरुङ शनिवार साँझ करिब ११ बजे तिर एक्कासी बेहोस् भएपछि नजिकैको कालीगण्डकी अस्पताल कावासोतीमा उपचार गर्न लगिएको थियो ।
स्वास्थ्यमा कुनै सुधार नभएको कारण काली गण्डकी अस्पतालले गुरुङलाई उपचारको लागी भरतपुर लैजान भनेको थियो। रातिको १ बजे परिवारले विरामीलाई भरतपुरको चितवन मेडिकल कलेजको शिक्षण अस्पताल (सिएमसी) मा ल्याए ।
अस्पतालले सामान्य बेर्ड समेत खाली नभएको भन्दै उनलाई एम्बुलेन्स बाटनै अर्को अस्पताल जान भन्यो । तर होम बहादुरका भाई टेक प्रसादका अनुसार भरतपुरको नारायणी सामुदायीक अस्पताल, मनकामना अस्पताल , कलेज अफ मेडिकल साइन्सेस ९पुरानो मेडिकल कलेज० ले पनि उनीहरुलाई आईसीयु आवश्यक रहेको र आफुहरु संग नभएको, चिकित्सकलाई कोरोना देखिएकाले आईसोलेशनमा वसेको भन्दै उपचार गन मानेनन्। यसरी अन्य अस्पतालमा सेवा नपाए पछि उनीहरु चितवन मेडिकल कलेज नै फर्कीए ।
अघिलो पटक फकाएको अस्पतालले उनीहरुलाई यस पटक पनि सेवा दिन मानेन् । उनीहरु त्यस पछि उनीहरु भरतपुर अस्पताल (सरकारी अस्पताल ) पुगे त्यहाँ पनी उनीहरुले उपचारको लागी निकै मेहनत गरे ।
प्रहरीको फोन नम्बर १०० मा फोन गरे पछि अस्पतालले विरामी त लियो तर आइसीयू , भेन्टिलेटर नभएकाले जोखिम लिएर इमेजेन्सी सेवा लिने भए मात्र गछौ भने पछी परिवारले जोखिम नै लिएर उपचार गराउन तयार गरियो। केही समय इमेरजेन्सी सेवामा राखेर उपचार दिदै गर्दा उनीहरुलाई आफ्न्तबाट चितवन मेडिकल कलेजको शिक्षण अस्पतालमा आईसियू खालि भएको जानकारी पाए ।
एम्बुलेन्समा डुलाउँदा डुलाउँदै विरामी झनै सिकिस्त भए । यस पटक चितवन मेडिकल कलेज ल्याउदाँ उनलाई ज्वरो थियो । सामान्य अवस्थामा रहेको उनको शरीरको तापक्रम अस्पताल डुल्दा डुल्दा १ सय १ डिग्री देखियो त्यस पछि उपचार गर्न अस्पतालले थप आलटाल गरेको आफन्तको गुनासो रहेको छ ।
ज्वरो आएको भने पछि होमबहादुर गुरुङ नजिक परिवार बाहेक कोही परेनन् ।अन्तत उपचार नपाएर उनको मृत्यु भएको परिवारले सिनर्जी एफ.एमलाई जानकारी दिएको बताए परिवारले अहिले शब बुझेर घर लगीएको छ ।
चितवन मेडिकल कलेजको शिक्षण अस्पतालका निर्देशक डा. दायारम लम्साल अस्पतालहरुमा समन्वय नहुँदा यस्तो भएको उहाँको भनाई छ । सरकारी अस्पतालमा ओपेडिमा कुनै कोरोना भेटिएको छैन तर बन्द छ ।अस्पतालको ईमर्जेन्सीमा मात्र आठ जनालाई कोरोना देखिएपछि बन्द भएको हो।यहीँ शाखा मात्र शिल गर्नु पर्ने हो ,तर ज्वरोका लागि छुट्टै क्लिनिक पनि छ।
कोरोना लागेका अस्पतालकै डाक्टरहरु भने प्राईभेटमा जाने गरेका गुनासोहरु छन् ।
फाईल फाटो





















