रौतहट / मंगलबार रौतहटमा थप २५ जनामा कोरोना संक्रमित थपिएका छन । मंगलबार थप भएका संक्रमितहरुमध्ये राजदेवी नगरपालिकाका ९ जना , गढिमाई नगरपालिकाका ६ जना , मौलापुर नगरपालिकाका ५ जना , चन्द्रपुर नगरपालिकाका २ जना , गरुडा नगरिपालिकाका १ जना , गुजरा नगरपालिकाका १ जना , माधवनारायण नगरपालिकाका १ जना गरि २५ जनामा संक्रमण पुष्टि भएको जनाइएको छ ।
रौतहटको गरुडाका केही वडाहरुमा भदौ ८ गते सोमबारदेखि १८ गतेसम्म आनगमन नै बन्द गरेको छ । रौतहट जिल्लाभर भने भदौ १४ गतेसम्म निषेधाज्ञा जारी रहेको छ । रौतहटमा कोरोना समुदायस्तरमा नै फैलिएपछि स्वाब संकलन गर्न स्थानिय तहहरु लागी परेका छन ।
रौतहटमा अहिले समुदायस्तरमा नै कोरोना फैलिइपछि नागरिकमा त्रास उत्पन्न भएको छ । भदौ मसान्तसम्म रौतहट जिल्लामा नै प्रदेश २ सरकारको आर्थिक सहयोगमा पिसिआर मेसिन खरिद हुने प्रमुख जिल्ला अधिकारी सि डी ओ इन्द्रदेव यादवले बताउनु भएको छ ।





















