स्याङ्जा / स्याङ्जा चापाकोट नगरपालिका वडा न.१० बाघेडाडामा युवा संघमा आबद्ध चापाकोट नगरपालिका वडा न. ९ निबासी बिबेक भण्डारीको नेतृत्वमा रहेको केही युवाहरु द्वारा पत्रकार माथि आक्रमण सहितको दुव्र्यवहार गरेको हो ।
स्थलगत रिपोर्टिङमा हिडिरहेका पत्रकार माथी उनिहरुको समूहले मोबाइल खोसेर अपशब्द प्रयोग गर्दै हामी संग हिड तलाइ हामी सम्झाउछौ भन्दै अपहरण शैलीमा आक्रमण गरेको थियोे।
पत्रकार गोपिकृष्ण रेग्मी र दिबश भण्डारी माथी धम्किपुर्ण भाषा बोल्दै अपहरण गर्न खोजेका थिए।
राज्यको चौथो अंगको रुपमा रहेको पत्रकार माथी दिनदाहडै आक्रमणको प्रयास गरिएको र मोबाइल खोसेर कल डिटेल म्यासेज लगेको भन्दै पत्रकार रेग्मी र भण्डारीले इलाका प्रहरी कार्यालय चापाकोटमा निवेदन दर्ता गराएका छन। बिबेक भण्डारीको समूहले केही दिन यता चापाकोटमा हिडिरहेका ब्यक्तिहरुलाइ बाटो छेक्ने धम्काउने जस्ता क्रियाकलाप गर्दै आइरहेको पाइएको थियोे।
चापाकोट नगरपालिका वडा न.१० का वडा अध्यक्ष रामु कोइरालाको उपस्थितिमा उनिहरुले आक्रमणको प्रयास गरेका थिए। बिबेक भण्डारीले चापाकोट नगरपालिका वडा न.१० का तरुणदल संयोजक टुकराज पाठक (राजु) माथी समेत हातपात गरेको पाठकले बताएका छन् ।
पत्रकार भण्डारी , रेग्मी र तरुण संयोजक पाठकले शान्ति सुरक्षाको माग गर्दै निवेदन दर्ता गराएका छन् ।
फाईल फोटो





















