गोरखा / गोरखाको भिमसेन थापा गाउँपालिका १ मसेलबाट गए राती चोरी भएको २ वटा खसी गोरखा सदरमुकाममा भेटिएको छ ।
१०\११ धार्नीको खसी चोरी भएपछि खसी धनी भगवान बानियाँले गोरखा सदरमुकाममा रहेका आफन्तलाई जानकारी गराएका थिए ।
गोरखा सदरमुकामको शक्तिचोकमा बानियाँले भने जस्तै खसी भेटिए पछि चोरी भएको खसी प्रहरीले नियन्त्रणमा लिएको हो ।
एक ब्यक्तिले आफुले उक्त खसी किनेर ल्याएको भन्दै डोर्याएर हिँडेको अवस्थामा खसी भेटिएको थियो । खसी चोरी गर्ने अजिरकोट गाउँपालिका १ का खेतमान गुरुङ रहेका र खसि किन्ने गोरखा बजारमा ब्यापार गर्दै आएका सुधम गुप्ता र दिननाथ शाही थिए ।
अहिले खसि बेच्ने गुरुङ अनि खसि किन्ने गुप्ता र शाही लाई पक्राउ गरि कारवाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी सुरेन्द गुरुङले बताए ।
फाइल फोटो





















