चितवन / चितवनको खैरहनीमा मृत्यु भएकी एक वृद्धामा कोरोना संक्रमण देखिएको हो । खैरहनी नगरपालिका वडा नम्बर ३ निवासी १०९ बर्षिय वृद्धाको आज बिहान मृत्यु भएको थियो।
सोहि वृद्धालाई विभिन्न ठाउँबाट आफन्तहरु भेट्न आएको र भेट्न आएका आफन्तमा कोरोना संक्रमण पुष्टि भएपछि वृद्धाको सोमबार स्वाव संकलन गरिएको थियो ।
आज मात्र रिपोर्ट पोजेटिभ आए पछि खैरहनी नगरपालिकाका मेयर लालमणी चौधरीले बताउनु भयो । अब बृद्धको शव व्यवस्थापन नेपाली सेनाले नै गर्ने मेयर चौधरीले जानकारी दिनुभयो।





















