चितवन / भरतपुर महानगरपालिका १० हस्पिटल रोडमा रहेको देव हस्पिटलले जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
चितवन ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक दयाकृष्ण भट्टलाई फिल्डमै खटिएको अवस्थामा ५ सय पिस माक्स र एक प्याकेट ग्लोक्स र २ हजार लिटर सेनिटाईजर सहयोग गरिएको हस्पिटलकी प्रवक्ता मञ्जु सिम्खडाले जानकारी दिई्न ।
कोरोना कहरका विच अग्रमोर्चामा रहेर प्रहरीले गरेका कामको उच्च प्रशंसा गर्दै आफुहरुले सहयोग गरेको उनले बताईन् ।
हस्पिटलले यस अघि पनि विभिन्न संघ संस्था तथा समुदायस्तर कोराना विरुद्ध लड्ने स्वास्थ्य समाग्री प्रदान गर्दै आएको थियो ।





















