नेकपाका अध्यक्ष क. प्रचण्ड ज्यु सलाम !
कमरेड तपाई प्रचण्डलाई प्रचण्ड बनाएको गोकुल बाँस्कोटा र केपी ओलीहरुले होइन। प्रचण्डलाई प्रचण्ड बनाएका १२ घरका आफन्तले पनि हैन। प्रचण्डलाई सर्वोच्च कमाण्डर बनाएको मुलुकको आशा,सपना र भरोसाले थियो ।
अनि प्रचण्डलाई प्रचण्ड बनाइदिएका तिनै नेत्रविक्रमहरुले ,तिनै उमा भुजेलहरुले ,तिनै माहिला लामाहरुले अनि तीनै प्रिन्स संघर्ष तामाङ,तिनै नम्रता जियम,तिनै तारा राई (अनमोल) र ,तिनै आभाष चौलागाईं प्रसन्न,तिनै नमिता शर्मा सिर्जना ,तिनै रबिन्द्रबहादुर सिंह(बाघचन्द) र तिनै हजारौं हजार संजोग शरिक लगायत गरिब जनताका झुप्राभित्रका निरीह छोराछोरीहरुले चाहिँ हो। कम्युनिस्टको बारे क पनि थाहा नपाएका र जबर्जस्त माओवादी बनाएर मृत्युको मुखमा घचेटेकाहरुले चाहिँ थियो।
त्यहा हजारौं मैना सुनुवारका आँसु र रगतहरु जोडिएका छन ,त्यहा हजारौं दिलबहादुर रम्तेलहरुका रगत पोखिएका छन। त्यहा सयौ तारा राई,नम्रता जियम ,आभाष चौलागाईं प्रसन्न ,लगायतले सैन्य हिरासतमा पलपलको मृत्यु आत्मसात गरेकै वजह थियो।
हजारौं हजार सोमबहादुर,इच्छुकहरुका सजिव कलमको अवसान संगै भौतीक अवसान जोडिएर भएको थियो। त्यहा चतुरमान ,तिर्थी ,छायादेवी,पद्म,स्वतन्त्र,आस्था ,सत्कार,गोविन्द घले ,निर्मला देवकोटा,डम्बर श्रेष्ठ ,च्याङ्वा लामा ,सविता सापकोटा,अविरल ,रविन लगायतका बलिदानहरु जोडिएर नै आज खुमल्टारको महलमा विराजमान प्रचण्ड बनेका हुन् ।
प्रचण्डलाई प्रचण्ड बनाउन मुलुकले दसौं वर्ष युद्दको सामना गर्नुपर्यो। तिला नदिका किनारमा भर्खरको लाउँलाउँ र खाउँखाउँका कोमल मुनाहरुले जिवितै पुरिनु परेको थियो,गोलीले छातीमा सियो जस्तो प्वाल पारेर पछाडी भ्वाङ जत्रो प्वाल बनाइदिएर ढलेका कमरेड विकल्पहरुका बलिदानहरु जोडिएर नै पुष्पकमल दाहाल प्रचण्ड भएका हुन ,त्यहा बेनीको कारबाहिको कमान्ड सम्हाल्ने विप्लवको साहस र वीरता ,सयौं मोर्चा लड्ने उमाहरुका वीरता ,भूमिकाहरुका साहसीक सफलताहरु जोडिएर नै आज प्रचण्ड मेयरको बाबू र मन्त्रीको ससुरो बा ,स्वकिय सचिवका बाउ र ससुरा हुन पाएका हुन र मुलुकको सबैभन्दा ठूलो दल नेकपाको अध्यक्ष बन्न सफल भएका हुन भन्ने कुरालाई दाहाल परिवारले मनन गर्न सकेन।
गोकुल वास्कोटा त एउटा यस्तो अभिशाप प्राणी हो ,जो मुलुक र जनताको ब्रम्हलुटको सपना सजाउदै थियो । यतिका दिन सम्म बास्कोटा ससुरालीको मेजमानी खाए झै बडा हाकिम भएर बस्यो न त पुर्पुक्षमा नै हालियो ।
बरु त्यही गणतन्त्र ल्याउने सहयोद्दालाई बैरी देख्दै नेपाल आमाको दुधको लाम्टा काटेर मासु खाने दुस्साहस गर्ने एउटा भ्रष्ट प्रबृत्तिको भने प्रचण्डलाई असाध्यै माया लाग्यो।
बम मात्रै हैन गोकुल बास्कोटालाई फासीमा लट्काउनुपर्ने अडियो थियो। आज उही सन्जालको हिरो बनाउदै त्यही गणतन्त्र ल्याउने हिजोका सहयोद्दालाई आतंककारी भनेर भन्ने प्रचण्ड कहासम्मको नया राजा हुन ,कहासम्मको गद्दारी वाक्यांश हो रुभनेर प्रश्न गर्न जनताले पाउने कि नपाउने ?
कि भ्रष्टाचारलाई लिगल गर्नुहोस प्रचण्डजी !
जो सत्तामा जान्छ उसले भ्रष्टाचार गर्नु उसको आफ्नो इच्छा हो भन्दिउँ न है प्रचण्डज्यु रु
भन्दिउं न के जान्छ र राजनीति निस्शुल्क गर्ने पेशा हैन ,बिना पैसा राजनिती सम्भव छैन यसैले राजनेता र नेताले भ्रष्टाचार गर्ने बाटो फुक्का हुन्छ भनेर ।कि कसो ?
पुत्र प्रकाशको निधन भएको ८ दिनको दिन सारा नेपाली युवायुवती मेरा छोराछोरी हुन भनेर भन्ने प्रचण्ड बरु चीन गए,अमेरिका गए,म्याग्दीको भुरुङ तातोपानीमा गएर डुबुल्की मारे,छोरी निर्मला पन्तको बलात्कार पछि हत्या गरिएको स्थानमा प्रचण्ड मन जान मानेन ।
सारा नेपाली जनताका छोराछोरी भित्र नै पर्दछ विप्लव नेतृत्वको नेकपालाई आतंककारी देख्ने प्रचण्ड आखाहरु हिजो के प्रचण्ड सुदामाका आखा थिए ?
त्यही आतंककारी बाटो अवलम्वन गर्दै हजारौ हजार नेपाल आमाका निर्दोष सन्तानलाई मराएर आज गणतन्त्रको १६ औं एनिभर्सरी मनाउने बेलामा प्रचण्डले मुलुकमा आतंककारी भएको सन्देश विश्वलाई दिएको होइन यो ?
होला त्यो बम बार्डिङ गर्ने समूह आतंककारी । तर त्यो गोकुल बास्कोटाको भ्रष्टाचारको अडियोलाई किन कुनै कारबाही नगरेको रु हो त्यही कारण जनताका छोराछोरी रिसाए र सवक सिकाउन पटाका पड्काइदिए । भ्रष्टलाई जोगाउदै सहिदपरिवारको छोराछोरीलाई लात हनाउदै ,घाइतेलाई बेवास्ता गर्दै हिजोको मर्म भुल्ने पुष्पकमलको प्रचण्ड पथ निजि थिएन त्यो त एक्काइसौं शताब्दीको विचार थियो जो आज एमाले भयो । माओवादको म उच्चारण गर्न लाज भयो ।अनि म ओरिजिनल माओवादी नै हैन भन्दै बेलाबेला प्रचण्डले बोल्ने बोली के को उपज हो रुरु
यो मेरो मात्रै प्रश्न हैन प्रचण्डजी‘‘ ३ करोड सार्वभौम सम्पन्न नेपाली जनताको गुनासो हो ।
अब यसो गरौं,
सबै राजनितिक दल जो राजतन्त्रमा थिए ,ती सबै भंग गरौं। अनि बनाउँ नया विचारको नविन दल ।त्यसो गर्दा विप्लवले संसदीय भासको विरुद्द नोट अफ डिसेन्ट लेख्ने छैनन। मुलुकमा व्याप्त असन्तुष्टि र विरोधहरुको अन्त्य स्वतः हुनेछ।
अनि नि प्रचण्डजी,
अलिक राम्रा राम्रा मान्छेहरु जस्तै कि जनार्दन ,कुलमान,प्रेम संजेल,महावीर पुन जस्ता देशभक्तहरुलाई नेता छान्दै निर्वाचन गरौं।जम्मा ३ वटा मात्रै दल बनाउं।तीन वटै दलमा असल देशभक्तहरुलाई तुनौं।गुन्डा,चाकरी,चाप्लुसीहरुका खियालाई उक्काएर फाल्न एउटा विशेष आइडिया तपाईसम्म पुर्याउन चाहे प्रचण्ड ज्यु,
आफ्नै राजनिती देखि तपाईलाई अप्ठ्यारो महशुस त भएको छैन नि रुयदि छ भने
अब मुलुकमा श्रमदानमुखी सत्ता निर्माण गरौं,जसले देशको लागि केही दिन चाहन्छ उसलाई सरकारमा लैजाउं।हामीसंग महावीर पुन जस्ता बैज्ञानिक छन हो त्यस्ता मानिसहरुलाई मुलुकको महत्वपूर्ण पदमा लैजाउ र देश बनाउं ।
सम्भव छ हाम्रै पालामा प्रचण्ड जी‘‘
तपाइले धेरै भाषण गर्दै घोक्रो सुकाएर नेकपा कम्पनी चलाउन त्यत्रो विघ्न दुख गर्नै पर्दैन।
मुलुकको ढुकुटीमा एक कल फोन ७० करोडको चल्दो रहेछ,२५ करोडका न्युज बन्दोरहेछ।मुलुकको ढुकुटीमा अथाह पैसा छ ।त्यो पैसालाई आफ्नै ७० लाख विदेश पलायन युवालाई नेपाल झिकाएर ७७ जिल्ला विकासको अवधारणा बनाउं। ७० लाख युवालाई कतै पहाडमा सुरुङ खन्न ,कतै वस्तीमा बाटो बनाउन ,कतै गाउमा अस्पताल ,स्कुल,क्याम्पस ,उद्योग बनाउन खटाउने हो भने यति सानो देश नेपाल ३ महिनामा संसारकै विकसित राष्ट्र बनाउन सकिन्छ प्रचण्ड जी।
बजारको भाउ बुझ्नुभएको छ रु अब हामीले दुई छाक टन्न खान नसक्ने गरि महंगी ह्वात्तै बढेको छ।यसैले यी विभिन्न नामधारी राज्य आवश्यक नै छैन। सानो सरकार नै काफी छ। जो श्रमदानमा चलाउदै आफ्नै युवा उर्जा परिचालन गर्ने हो भने गलो बस्ने गरि जनताका छोराछोरी अलमल्याउदै फोश्रा लेक्चर दिएर समय गुजार्दै र राज्यको ढुकुटी उडाउदै गर्नु नै पर्दैन प्रचण्ड ज्यु।
घरै पिच्छे नेता यो भनेको मुलुकको बर्वादी र लुट्को खेती हो कमरेड । अब सबै भंग गर्नुहोस ।
जब तपाइले भोलुन्टर सत्ताको घोषणा गर्नुहुन्छ नि कमरेड तपाइकि छोरी ,बुहारी,ज्वाइँ,आफन्त लगायत देशैभरिका राजनितिबाट निजि सपना देख्नेहरुले पदबाट धमाधम राजिनामा दिन थाल्नेछन।यो क्रम देशैभरी तिब्ररुपमा चल्न थाल्नेछ। देशको माया लाग्नेहरु राष्ट्रिय राजनितिमा जोडिन्छन र देश बनाउन भोलुन्टर गर्छन ।अनि कमाउन राजनीतिमा लागेकाहरु पद छाडेर गैरिखेत तिर कुलो खन्न जान्छन ,आफ्नै देशमा पुनः कृषिप्रधानको पुरानो गरिमा आफै स्थापित हुन थाल्नेमा कुनै आशंका गर्नु नै पर्दैन।
तपाइलाई प्रचण्ड बनाउन हिजो जे जति लगानी भयो त्यो लगानी बर्बाद नगर्नुहोस।त्यसपछि तपाईलाई युगपुरुषको नक्कली ट्याग भिराउने चाकरीहरु टाढा हुन थाल्नेछन। कोहि चाकरी र चाप्लुसीको डिस्ट्रभ हुने छैन।।तपाईंको शेषपछि पनि तपाईं अजर र अमर हुन पाउनुहुनेछ। नत्र तपाइलाई १७००० को आँसु र रगत मात्रै लाग्ने छैन सहिदको श्रापले तपाईं माथी गएसि पनि बाटो पाउनु हुने छैन।
हिंसा हामीलाई पनि मन पर्दैन नि कमरेड ,तर हिजो तपाइले निर्दोष खानु न पिनुको मान्छेका छोराछोरीहरुलाई मराइदिनुभो । आज तपाईं कालगतीले मरेको छोरो सम्झेर भक्कानिनुभएको छ ६५ वर्षको उमेरमा,हिजो ९० वर्षको बा र ८४ कटेकी ती बृद्दा आमाको सन्तानलाई छ्वाम्मै छिनालेर मार्दा कति विक्षिप्त भए होलान ८४ वर्षकि आमा र ९० वर्षका बाबुरु ख्याल ख्याल नुसम्झनुहोस प्रचण्ड जी ,तपाईलाई प्रचण्ड बनाउन मुलुकले थुप्रै लगानी र त्याग गरेको छ। धन्यवाद ।





















