चितवन / कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि पूर्वी चितवन क्षेत्रमा निषेधाज्ञा लागु गरिने भएको छ ।
आज पूर्वीचितवनको रत्ननगर , खैरहनी , कालिका र राप्ती नगरपालिकाका मेयरहरु र सुरक्षानिकाय सहित बसेको संयुक्त बैठकले पूर्वाीचितवनको सबै क्षेत्रमा निषेधाज्ञा लागु गर्ने निर्णय भएको हो ।
बैठकमा आज राति देखी नै लागु हुने गरि एक हप्ताको लागि निषेधाज्ञा जारी गर्ने निर्णय भएको र सोहि अनुरुप प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराइएको रत्ननगर नगरपालिकाका मेयर नारायण वनले जानकारी दिए ।
त्यस्तै बैठकले बकुलहर रत्ननगर अस्पतालमा कोरोना आइसोलेसन बनाउने र रत्ननगरमा समेत कोरोना परिक्षणको लागि प्रयोगशाला माग गर्ने निर्णय गरेको छ ।





















