काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले जेनजी पुस्ताको माग संविधानको खारेजी र संसद्को विघटन नभए पनि लोकतन्त्र विरोधीहरूले षड्यन्त्र गरेको बताएका छन् ।
जेनजी पुस्ताको माग लोकतन्त्रको अन्त्य गर्ने नभई लोकतन्त्रलाई अझ बढी जनपक्षीय बनाउने भएको बताए ।
उनले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘तर घुसपैठियाले लोकतन्त्रलाई नै समाप्त पार्ने, अस्थिरता निम्त्याएर मुलुकलाई असफल राष्ट्र बनाउने षड्यन्त्र गर्दैछन् ।
जेनजी पुस्ताको माग वर्तमान संविधानको खारेजी र संसद्को विघटन थिएन तर लोकतन्त्र विरोधीहरूले यही मौकामा संसद् विघटन र संविधान खारेज गरी लोकतन्त्रको अन्त्य गर्न खोज्दै छन् ।





















