चितवन / भरतपुर अस्पतालमा कार्यरत एक नर्समा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा आज बिहीबार गरिएको परीक्षणमा भरतपुरकी २५ वर्षीया नर्समा कोरोना संक्रमण पुष्टि भएको हो ।
अस्पतालको इमर्जेन्सी कक्षमा कार्यरत ती नर्समा संक्रमण देखिएको हो ।
अस्पतालमै कार्यरत नर्समा संक्रमण देखिएपछि , त्यहाँ रहेका बिरामीलाई अन्यत्र सारेर इमर्जेन्सी कक्ष सिल गर्ने तयारी भइरहेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा.श्रीराम तिवारीले बताए ।





















