भरतपुर – चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ११ मा रहेको समझदारी भोजाड बचत तथा ऋण सहकारी संस्था लि. को आयोजनामा आज (शनिबार) निशुल्क स्वस्थ्य शिबिर कार्यक्रम सम्पन्न भएको छ ।
मनकामना हस्पिटलको प्राविधिका सहयोगमा सस्थाको पुरुष शेयर सदस्यहरुका लागि प्रोस्टेट सम्बन्धी निशुल्क स्वस्थ्य शिबिर कार्यक्रम सम्पन्न भएको थियो । संस्थाको स्वास्थ उप समितिको संयोजक श्री रेखा भट्टराई ज्युको संयोजकत्वमा भएको कार्यक्रमको औचित्य र आवश्यकता बारे संस्थाका अध्यक्ष श्री खेम लाल सुवेदी ले प्रष्ट पार्नु भएको थियो ।
मनकामना हस्पिटल प्रा. लि. भरतपुर १० को प्राविधिक सहयोगमा सञ्चालित कार्यक्रममा प्रो. डा. सागर खतिवडाले चेकजाँच गर्नुभएको थियो ।
निशुल्क स्वस्थ्य शिबिर कार्यक्रममा ७२ जना पुरुषहरुले स्वस्थ्य परिक्षण गराउनुभएको संस्थाका व्यवस्थापक अर्जुन लामिछानेले जानकारी दिनुभएको थियो ।
कार्यक्रममा प्रो. डा. सागर खतिवडाले प्रोस्टेट ग्रन्थीले उनीहरूको भलाइमा महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले पुरुषहरूको लागि प्रोस्टेट स्वास्थ्य बुझ्न महत्त्वपूर्ण छ। विशेष गरी ४० वर्षभन्दा माथिका पुरुषहरूमा प्रोस्टेट समस्या हुनु सामान्य कुरा हो, तर त्यस्ता समस्याहरूले सबै उमेरका पुरुषहरूलाई असर गर्न सक्छ। पुरुषहरूमा एक महत्वपूर्ण अंग भए तापनि, यसले प्रायः पुरुषहरूको समग्र स्वास्थ्यको क्षेत्रमा ध्यान पुगेको हुदैन । प्रोस्टेट समस्याका लक्षणहरूलाई बेवास्ता गर्दा गम्भीर परिणामहरू हुन सक्छन् यसकारण यस्ता शिविरहरुले पुरुषहरुलाई धेरै फाईदा पुग्ने बताए ।























