चितवन / चितवनमा एक जना चिकित्सक सहित थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हिजो बुधबार भरतपुर कोरोना प्रयोगशालामा गरिएको परिक्षणमा राप्ती नगरपालिकाका ६ जना र भरतपुरका १ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
राप्तिका कोरोना संक्रमण पुष्टि भएका सबै क्वारेन्टिनका हुन् ।
रत्ननगर अस्पतालमा स्वाब लिइएका ती संक्रमित सोही अस्पतालमा कार्यरत हुन । बुधबार २०३ वटा नमुना परिक्षण गरिएकोमा बांकी १९६ जनाको भने रिपोर्ट नेगेटिभ आएको प्रयोगशाला प्रमुख डाक्टर नितु अधिकारीले बताउनु भयो ।
यस अघि मंगलबार मात्रै चितवनमा २१ जनामा कोरोना पोजेटिभ देखिएको थियो ।





















