चितवन – चितवनमा बेलुका ९ बजेसम्म मात्रै देउसीभैलो खेल्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले तिहारको समयमा बिहान ७ बजेदेखि बेलुका ९ बजेसम्म मात्रै देउसी भैलो खेल्न आग्रह गरेको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी शर्माद्वारा जारी ७ बुदे सुचनामा जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गरी देउसी भैलो, नाचगान लगायतका सांस्कृतिक क्रियाकलापहरु बेलुका ९ बजेसम्म मात्रै सञ्चालन गर्न पाइने उल्लेख छ । साथै, देउसी भैलो खेल्दा राजनीतिक विषय उठान गर्न नपाइने समेत प्रशासनले जनाएको छ।
सुचनामा कानून विपरित जुवातास, लङ्गुरबुर्जा खेल्ने/खेलाउने, भुईचम्पा, पटका र आतिसबाजी जस्ता विष्फोटक पदार्थहरुको आयात, ओसारपसार, बिक्री वितरण तथा प्रयोगलाई निषेध गरिको छ।
त्यस्तै मादक पदार्थको सेवन गरी शान्ति सुरक्षा एवं सर्वसाधारणलाई असर पर्ने गरी सार्वजनिक स्थानमा हो–हल्ला गर्ने एवम् झै-झगडा गर्ने जस्ता कार्य नगर्न र भिडभाड तथा हुलहुज्जत जस्ता गतिविधि गरी समाजमा अशान्ति एवम् अशोभनीय क्रियाकलाप नगर्न प्रशासनले अनुरोध गरेको छ।
त्यसैगरी, अखाद्य रङ्ग मिलाइएका मिठाई, झिलिङ्गे रोटी जस्ता अस्वस्थ र गुणस्तरहीन खाद्य वस्तुहरुको बिक्री वितरण र उपभोग नगर्न र म्याद गुज्रेक भाईमसला, प्लाष्टिकजन्य फूलमाला लगायत कानूनले आयात र प्रयोग गर्न निषेध गरेका वस्तुहरुको प्रयोग र बिक्री वितरण नगर्न नगराउन सूचना जारी गरिएको छ।
यस्तो छ सुचना :






















