भरतपुर । भरतपुर अस्पतालमा स्त्री तथा प्रस्तुती रोग विशेषज्ञको रुपमा कार्यरत डा. सजन केसीको निधन भएको छ । डा. केसीको ४४ वर्षको उमेरमा ह्दयघातका कारण आज ( आइतबार) काठमाडौँमा निधन भएको हो ।
डा. केसीमा पहिल्यैदेखि मुटुसम्बन्धी समस्या रहेको भरतपुर अस्पतालका मेसु डा. कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
उहाँ विगत ६ वर्षदेखि स्त्री तथा प्रस्तुती रोग विशेषज्ञको रुपमा भरतपुर अस्पतालमा १० औँ तहमा कार्यरत हुनुहुन्थ्यो ।





















