चितवन / चितवनको भरतपुर स्थित कृष्णपुरमा करीब १७ कठ्ठा क्षेत्रफलमा निर्माण कार्य भईरहेको चितवन गार्डेन रिसोर्ट प्रा .लि. ले २०७७ कार्तिकको पहिलो सातादेखि आफ्नो सेवा शुभारम्भ गर्ने भएको छ ।
१००० जना क्षमताको व्याक्वेट हल, २०० जना क्षमताको व्याक्वेट हल, १०० जना क्षमताको व्याक्वेट हल र २५ जना क्षमताको मिटिङ्ग हल सहित छुट्टाछुट्टै ४ वटा हल, २८ वटा कोठाहरु सहित आकर्षक फुलबारी, स्वीमिङ पुलका साथै सूचना तथा प्रविधिमैत्री वातावरण, स्वच्छ, शान्त वातावरणमा रिसोर्टबाट पर्वतीय भ्यू तथा एयरपोर्टको दृश्यावलोकन हुने प्रबन्ध निर्देशक तेजप्रसाद घिमिरेले जानकारी दिनुभयो ।
पर्याप्त पार्किङको समेत सुविधा रहेको रमणीय, शान्त, सूचना र आधुनिकताले सम्पन्न भरतपुर महानगरपालिकाको मध्य भागमा अवस्थित राजमार्ग, हवाई मार्गदेखि अत्यन्त नजिक, खुल्ला पार्टी तथा अन्य मनोरञ्जनात्मक कार्यक्रम गर्न सकिने रिसोर्टका अपरेशनल म्यानेजर मनिष शर्माले जानकारी दिनुभयो ।
जिल्ला वा जिल्ला बाहिरबाट आउने विभिन्न संघ–संस्था, एनजिओ, आइएनजिओहरुमा आवद्ध विशिष्ट व्यक्तित्वहरु, डाक्टर, इन्जिनियर, राजनीतिकर्मी, पत्रकारहरु एवं सामाजिक व्यक्तित्वहरु, बैंक तथा वित्तिय संस्थाहरुको लागि तालिम, सेमिनार, गोष्ठीको लागि उपयुक्त स्थान रहेको रिसोर्टका अपरेशनल म्यानेजर शर्माले बताउनुभयो ।
करीब ३० करोडको लगानीमा निर्माण भईरहेको रिसोर्टमा ३८ जना शेयर सदस्यहरुको लगानी रहेको रिसोर्टका अध्यक्ष अशोक श्रेष्ठले जानकारी दिनुभयो ।
























