मैले यति गरेँ उति गरे भनेर
प्रचारमा देखाउनेहरु
हामी होइन जहाँ पनि म म
मात्र लेखाउनेहरु
पिडाले दन्किएका आगोमा
हात सेकाउनेहरु
यत्रतत्र छन् सेवाका नाममा
ढोंग देखाउनेहरु
आफुले खाना लागेको
आधा गाँस काटेर हेर
कुरा काटेर होइन सक्छौ
भने बिचार साटेर हेर
दीन दुखीको पेट भर्न
परिवार सँग ढाँटेर हेर
अरुको इच्छा पुरा गर्न
आफ्नो इच्छा मारेर हेर
अनि बल्ल बन्छौ समाजसेवी,
बल्ल सानले भन्ने गर्नु
एकछिनको चेपारे मायाँ
होइन सदाको लागि गर्नु
दुइचार वटा टिक्का टिप्पणी
नओकली पचाउने गर्नु
अरुमा खोट होइन पहिले आफ्नो
बानी सच्चाउने गर्नु।
देविका कुवँर (सामान्य मान्छे)
नोटः राजनिति गर्नु तर लाजनिती नगर्नु, जस्ले यस्तो गर्छ उसलाई बिझाउँछ 


आधुनिक समाजसेवी
आधुनिक समाजसेवी
" कविता "
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु





















