काठमाडौँ । जाजरकोट केन्द्रविन्दु बनाएर गएको भूकम्पका कारण राष्ट्रिपति रामचन्द्र पौडेलको विदेश भ्रमण रद्द गरिएको छ ।
राष्ट्रपति पौडेल यही कार्तिक २२ गते युरोप भ्रमणका निस्कने कार्यक्रम थियो । फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस पीस फोरममा भाग लिन जान लाग्नुभएका उहाँले जर्मनी र इटालीको समेत भ्रमण गर्ने तालिका थियो ।
पश्चिम नेपालमा गएको भूकम्पको कारण देशको परिस्थिति अनुकुल नभएको भन्दै भ्रमण स्थगित गरिएको राष्ट्रपति पौडेलको सचिवालयले जानकारी दिएको छ ।
शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पमा परी १५० भन्दा बढीले ज्यान गुमाएका छन् ।





















