चितवन – राष्ट्रिय युवा संघ नेपाल भरतपुर महानगरकमिटी चितवनको शनिबार सम्पन्न प्रथम अधिवेशनले राम कार्कीको अध्यक्षतामा ५१ सदस्यीय कमिटी सर्वसम्मत निर्वाचित गरेको छ।
कमिटीको उपाध्यक्षमा सागर बम्जन, सचिवमा रामचन्द्र भट्ट, कोषाध्यक्षमा सुजिता दवाडी, सहसचिवमा गगन गुरुङ्ग र दीपक घिमिरे चयन भएको चितवन जिल्ला अध्यक्ष शंकर अधिकारीले जानकारी दिए ।
त्यसैगरी युथफोर्स प्रमुखमा सागर बम्जन र उपप्रमुखमा शाहिल लामा, साइबर सर्कल प्रमुखमा दीपक घिमिरे, महिला विभाग प्रमुखमा शोभा न्यौपाने, युवा परिषद् विज्ञ प्रमुखमा उत्पल अर्याल चयन भएका छन्।
नेकपा (एमाले) चितवनका उपाध्यक्ष कमलराज पाठक, अध्यक्ष रामप्रसाद न्यौपाने, राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सचिव मोविन अख्तर आलम, नेकपा एमाले केन्द्रीय सदस्य, वागमती प्रदेश प्रमुख प्रतिपक्षी दलका नेता जेएन थपलिया लगायतले मन्तव्य व्यक्त गरेका थिए ।





















