काठमाडौँ। सत्तारुढबाट एकाएक प्रमुख प्रतिपक्षमा पुगेका केपी शर्मा ओली अधिकांश समय सत्ता गठबन्धनलाई अप्ठ्यारोमा पार्दै आएका छन्।
संसद्भित्र होस् वा अन्य भागबन्डामा ओलीले गठबन्धन र सरकारलाई समस्यामा पार्ने गरेका छन्। विगतमा पनि उनी संसदीय समितिको भागबन्डामा असन्तुष्टि जनाएका थिए।
यही कारण लामो समय भागबन्डा मिलेन। यसपछि संसदीय समितिको सभापतिमा ओलीले समस्यामा पारे। उनले ३ समितिको सभापति दिनुपर्ने अडान राखे। अन्ततः सत्ता गबठन्धनले दिने भयो तर अहिले सम्म संसदीय समितिले सभापति पाएको छैन।
यति मात्र होइन, अहिले त लेखा समितिमा एमाले जानै छाडेको छ। सत्तापक्षले संसदीय समितिमा सभापति चयन नगरेको भन्दै एमालेले बैठक बहिस्कार गरिरहेको छ।
निर्वाचनको लामो समयपछि सम्म पनि सभापति चुन्न नसक्नु सरकारको कमजोरी भएको भन्दै एमालेले बैठक बहिस्कार गरेको एमाले सचिव योगेश भट्टराईको भनाइ छ। एमालेको अनुपस्थितिले लेखा समितिमा कोरम नपुगेर स्थगित हुँदैछ।
अहिले आएर ओलीले सर्वदलीय बैठकमा समेत आउन छाडेका छन्। मगलवार २ बजे प्रधानमन्त्रीले बोलाइको सर्वदलीय बैठकमा ओली अनुपस्थित थिए।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता केपी शर्मा ओली अस्वस्थ हुँदा मंगलबार सर्वदलीय बैठक बस्न नसकेको बताए।
सिंहदरबारमा सर्वदलीय बैठक नबसेपछि बाहिरिँदै प्रचण्डले ओली अस्वस्थ भएको बताएका हुन् ।
‘सहमति नभएको भन्दा पनि आज पनि केपीजीको स्वास्थ्य राम्रो भएन भनेर आउनुभएन यसैले बैठक बसेन,’ प्रचण्डले भने । राष्ट्रपति रामचन्द्र पौडेलले डाँकेको बैठकमा समेत एमालेले बहिस्कार गरेको थियो।
राष्ट्रपतिले राजनीतिक भूमिका लिन खोजेको आशंकाले बैठक बहिस्कार गरेको एमाले संसदीय दलका उपनेता सुवास नेम्बा?ले बताए।
गत आइतबार पनि अस्वस्थ भएको भन्दै ओली सर्वदलीय बैठकमा आएका थिएनन्।





















