चितवन / विगत चार महिना देखि कतारमा अलपत्र परेका पर्वत जिल्ला कुस्माका मदन कुवँरलाई दुखको साथी अभियानबाट नेपाल ल्याइएको छ।नेपाल फर्कन लाग्दा कोरोना र लकडाउनका कारण उनलाई त्यहाँ खान बस्न पनि मुस्किल भएपछि दुखको साथी अभियानको संयोजक देविका कुवँरलाइ जानकारी गराएका थिए।
कुवँरले समाजिक संजाल मार्फत सबैलाई सहयोग गरिदिनु हुन अनुरोध गरेकी थिइन। कतारमा बस्दै आउनु भएका दुखको साथी अभियानका शुभचिन्तक कमल कुवँर र संगीता कार्कीको नेतृत्वमा सहयोग संकलन गरिएको थियो।
गौतम कार्कीले उहाँलाई खानाको प्रबन्ध मिलाई दिनु भएको थियो भने विनोद प्रसाद बसौलाले नेपाल आउन दुतवासको कानुनी प्रकृया अगाडि बढाउनु भएको थियो । परिवारको आर्थिक अवस्था कमजोर भएका कारण नेपाल आउनको लागि जहाज भाडा नभए पछि दुखको साथी अभियानले उनलाई नेपाल ल्याउन र नेपाल नआउन्जेल खर्चको व्यवस्था समेत गरेको थियो।
अगस्ट १ तारिक राती १२:४५को उडानबाट उनि नेपाल आइसकेको जानकारी भैसको दुखको साथी टोलीले जानकारी दिएको छ। आगामी दिनहरुमा संस्थाको बिधान अनुसार मात्र काम गर्ने संस्थाको संयोजक देविका कुवँरले जानकारी गराउनु भएको छ।
विषेश गरि कोरोना र लकडाउन कारण सुत्केरी , गर्भवती, बालक र बृद्ध र बिपन्न वर्ग लाइ खाद्यान्न सहयोग गर्नको लागी अभियान सुरु गरेका थियौ। अब दुखको साथी संस्थाबाट बिधान अनुसार मात्र सहयोग गर्ने जानकारी गराउनु भएको छ ।






















