काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको मौलिक राष्ट्रिय धारको प्रतिनिधित्व एमालेले गरेको बताएका छन्।
शुक्रबार भक्तपुरमा आयोजित पार्टीको जनसंगठन समन्वय संयन्त्रको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशका लागि एमालेले हार्नै नमिल्ने बताए।
उनले भने, ‘हामी सफल हुनुको अर्को विकल्पै छैन, नेपालको मौलिक राष्ट्रिय धारको प्रतिनिधि हामी हो भने हामीले हार्नै मिल्दैन, यस देशका लागि हार्न मिल्दैन, यस देशको अस्तित्व, स्वाभिमान, राष्ट्रिय हित, विकास, स्वच्छता, सामाजिक सद्भाव, राष्ट्रिय एकताका लागि एमालेले हार्नै मिल्दैन।’
नेपाल बनाउने अभिभारा पूरा गर्नका लागि एमाले बाहेक अरु कोही नभएको बताए।





















