गोदावरी। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले हालसम्म निर्वाचन वर्ष रहेको र अबको वर्ष काँग्रेस पार्टीको संगठन निर्माण र सुदृढीकरणको वर्ष हुने बताएका छन्।
नेपाली काँग्रेसको प्रथम ललितपुर जिल्ला सम्मेलनमा उनले कसैले कसैलाई गाली गर्नुभन्दा जनतासँग काँधमा काँध मिलाएर पार्टी विस्तारमा सबै एक जुट भई अगाडि बढ्नुपर्ने बताए।
सभापति देउवाले अब आफू पार्टीको सभापति नहुने स्पष्ट गर्दै पार्टीलाई मात्र सहयोग गर्ने बताए। ‘अब काँग्रेसको नेतृत्व युवाले गर्नुपर्छ, सबैलाई एक ढिक्का बनाएर अगाडि बढ्न म आग्रह गर्छु,’ उनले भने।





















