काठमाडौं / लम्ज्ङ्गमा जन्मिएका , पूर्व जर्नेल रथी कुलबहादुर खड्काको मङ्गलबार अपराह्न निधन भएको छ । केही दिन अघि थापाथली स्थित नर्भिक अस्पतालमा भर्ना गरिका खड्काको निधन भएको पारिवारिक स्रोतले जनाएको हो।
उनलाई मङ्गलबार नै पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिने भएको छ। पुष्पकमल दाहाल पहिलो पटक प्रधानमन्त्री हुँदा बहालवाला प्रधानसेनापति रुक्माङ्गद कटुवाललाई हटाएर खड्कालाई प्रधानसेनापतिमा नियुक्त गरिएको थियो ।
तर तत्कालीन राष्ट्रपति डा रामवरण यादवले हस्तक्षेप गरेर कटुवाललाई नै प्रधानसेनापति बनाएका थिए। उक्त घटनामा विवाद कायमै रहेपछि दाहालले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए।
खड्कामा केहि समय अघि प्याङ्क्रियाजको क्यान्सर लागेको पहिचान भएको थियो।





















