काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलका नेताबाट उपसभापति डोलप्रसाद अर्याल(डीपी)ले राजीनामा दिएका छन् । उनले शनिबार बसेको संसदीय दलको बैठकमा राजीनामा बुझाएका हुन् ।
संसदीय दलको भर्चुअल बैठक बसेर अर्यालले उपनेता विराजभक्त श्रेष्ठ समक्ष राजीनामा बुझाएको हो । यस सँगै पार्टी सभापति रवि लामिछाने संसदीय दलको नेता बन्ने भएका छन् ।
सोमबार बस्ने संसदीय दलको बैठकले लामिछानेलाई दलको नेता चयन गर्ने तयारी गरेको छ ।
चितवन क्षेत्र नम्बर २ बाट उपनिर्वाचनमा निर्वाचित भएका रवि लामिछानेले शुक्रबार शपथ लिएसँगै प्रतिनिधिसभाको बैठकमा उपस्थित भएका थिए ।





















