चितवन – आज २०७९ चैत्र ८ गतेबाट शुरु भएको महायज्ञ चैत्र १६ गतेसम्म हुने रामनवमी लक्ष्यित नवदिवसीय श्रीमददेवीभागवत् नवाह महायज्ञको भरतपुर महानगरका मेयर रेनु दाहालद्वारा भरतपुर ११ स्थित कमलादेवी परिसरमा दिप प्रज्जलन गर्दै शुभारम्भ भयो ।
नौ दिनसम्म चल्ने सो महायज्ञको उद्घाटन गर्दै मेयर रेणु दाहालले भागवत लगाउनु मध्यको मुख्य उद्देश्य रहेको सुविधा सम्पन्न क्रियापुत्री भवन निर्माण गर्ने कार्य भरतपुर महानगरपालिकाले निर्माण गरिदिने बताईन् ।

प्रमुख अतिथिको रुपमा मन्तव्यको क्रममा मेयर दाहालले भरतपुर महानगरले विकासको कामको साथसाथै धार्मिक सामाजिक सास्कृतिक महत्त्व को विषय समेत आवस्यक पहल र सँरक्षण गर्दै समुन्नत समाजको निर्माणका लागि पहल गरिरहेका परिप्रेक्ष्यमा यस ठाउँमा क्रियापुत्रीका लागि सुविधा युक्त भवनको जुन लक्ष्य लिनुभएको छ त्यसको निर्माणको जिम्मा भरतपुर महानगरले लिने छ,महायज्ञको सफलताको कामना गर्दै मेयरले घोषणा गरिन् ।

भागवतको आयोजना मन्दिर परिसर भित्र १०८ शसवलिङ्ग स्थापना तथा कमलादेवी मन्दिर प्रकृितिक आरोग्य केन्द्रको विकास र विस्तार गर्नु रहेको कमलादेवीमन्दिर टोल विकास सस्था का अध्यक्ष नबिन बाबु मरहट्टाले बताएका थिए ।
सो मन्दिर २०२१ साल देखि नै पुजनादी कर्मद्वारा सँरक्षण हुँदै आईरहेको छ भने कोविडको विगविगीका बखत यहाँ निर्माण गरिएका भवनलाई कोविड आईसोलेसन भवनको समेत प्रयोग गरिएको थियो ।























