खैरहनी – आठौँ खिचरा महोत्सवको समापन समारोहमा चितवनका दुई पत्रकारलाई नगदसहित सम्मान गरिएको छ। थारू कल्याणकारिणी सभा चितवन क्षेत्र नं.७ ले आयोजना गरेको महोत्सवको बुधबार भएको समापन समारोहमा पत्रकारद्वय सन्तकुमार चौधरी र तुलमान गुरूङलाई जनही दश हजारका दरले नगदसहित सम्मान गरिएको हो।
समग्र पत्रकारिता क्षेत्रमा पु¥याएको योगदानसँगै आठौँ खिचरा महोत्सव सम्पन्न गराउनको लागि पनि विशेष भूमिका खेलेको आधारमा मूल्यांकन गरेर दुई पत्रकारलाई सम्मान गरिएको महोत्सव आयोजक संस्था थारू कल्याणकारिणी सभा चितवन क्षेत्र नं.७ का सभापति चुडामणि चौधरीले जानकारी दिए।
खिचराकै कारण चितवनका थारू समुदायलाई विश्वसामु चिनाउन सफल भएको उनले दाबी गरे। महोत्सवको समापन गर्दै खैरहनी नगरपालिकाका मेयर खनियाँले खिचरा महोत्सवकै कारण खैरहनी नगरपालिकाको गरिमा उँचो भएको बताए।
‘खैरहनीलाई चिनाउनको लागि खिचराले विशेष भूमिका खेलेको छ,’ उनले भने, ‘त्यसैले खैरहनीका लागि खिचरा र खिचराको लागि खैरहनी पर्यायवाची शब्द जस्तै बनिसकेको छ। ‘महोत्सवले समग्र नेपाली मौलिक संस्कृतिको विकासमा योगदान पु¥याएको उनले बताए।
२५ जिल्लामा बसोबास गर्ने थारू समुदायमा प्रचलित भेषभूषालाई समेत महोत्सवमार्फत प्रवद्र्धन गराउन सफल भएको आयोजक संस्थाका सभापति चौधरीले जानकारी दिए।
चितवनका थारू समुदायले खिचरा पर्वको अवसर पारेर हरेक वर्ष खिचरा महोत्सव आयोजना गर्दै आइरहेको छ।
महोत्सव अवधिभरमा विभिन्न खेलकुदका साथै खिचरा डान्स आइडल प्रतियोगिता भएको थियो। खुला रक्तदान तथा निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन भएको महोत्सवका समाचार सम्प्रेषण समितिका संयोजक दीपेश चौधरीले जानकारी दिए।
गत पुस २८ गतेबाट सुरू भएको महोत्सव बुधबार सम्पन्न भएको हो। कृषि प्रदर्शनीसहित १५० स्टल रहेको महोत्सवमा थारू खानाका परिकारहरूलाई समेत प्राथमिकताका साथ प्रदर्शनमा राखिएको थियो।





















