चितवन : उपप्रधान एंव भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले सडक डिभिजन कार्यालय चितवनको निरिक्षण गर्नुभएको छ ।
चितवनमा निर्माण भइरहेको विकास आयोजनाहरुको निरिक्षण तथा विभिन्न कार्यक्रममा सहभागि हुन आज साँझ चितवन आउनुभएका मन्त्री श्रेष्ठले सडक डिभिजन कार्यालयको निरिक्षण गर्नुभएको हो ।
मन्त्री श्रेष्ठले यहाँ परेका आयोजनाहरु छिटो भन्दा छिटो मादण्ड पालना गरि गुणस्तरसहित सम्पन्न गर्न सडक डिभिजन कार्यालयका प्र्रमुखलाई निर्देशन दिनुभयो ।
चितवन देशकै केन्द्र भागमा पर्ने भएकाले यहाँबाट विकास निर्माणलाई तीव्र गतिमा अघि बढाउन अभियान सुरु गर्न आफु चितवन आएको बताउनुभयो । साथै उहाँले देशभरका योजनाहरु समयै सम्पन्न गराउन अनुगमन र निरिक्षणलाई आफुले तीव्र बनाइने बताउनुभयो ।
उपप्रधमन्त्री श्रेष्ठले भोली चितवनको सिक्स ल्याण्ड सडक, वाइपास सडक, हुलाकी सडक, मुग्लिन –नरायणगढ सडक , नारायणी नदी तटबन्धन र नारायणी नदीमा निर्माण हुन गईरहेको सिग्नेचर ब्रीचको स्थलगत निरिक्षणसमेत गर्ने जनाएको छ।
उहाँ भोली श्री हिमालय दण्डपाणी न्यौपाने माध्यमिक विद्यालयको ४३औँ वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रममा पनि सहभागि हुने कार्यक्रम रहेको छ ।





















