चितवन – भरतपुर १० कटरचोकमा मुख्य कार्यलय रहेको जनता ड्राभिङ्ग ट्रेनिङ्ग सेन्टरले नयाँ शाखा विस्तार गरेको छ ।
जनता ड्राभिङ्ग ट्रेनिङ्ग सेन्टरले चितवन तथा यसका आसपासमा रहेका जिल्लाहरुका जनतालाई सरल र सर्वशुलव तरिकाबाट ड्राभिङ्ग सिकाउदै आएको कुरा सबै जनालाई जानकारी गराउँदै यसलाई अझ राम्रो र सेवामुखी बनाउँदै हाल भरतपुर ७ गौतम चोक हाट बजार अगाडी शाखा कार्यलय खोलेको कुरा प्रोपाईटर कृष्ण प्रसाद बरालले जानकारी दिनुभयो ।
![]()
यस ड्राभिङ्ग ट्रेनिङ्ग सेन्टरले एल पी ट्रक , हेभि लाईट , कार , मोटरसाईकल तथा स्कुटर दक्ष तथा अनुभवि प्रशिक्षकद्धारा तालिम दिदै आएको छ । यसको आफनै ट्रायल सेन्टर भएकोले यहाँ सिकेका सबैले लाईसेन्सको ट्रायल पास गरेको प्रोपाईटर बरालले बताउनुभयो ।
यहाँ लाईसेन्स निकाल्नको लागि अनलाईन फारम पनि भरेर सेवा दिदै आएको छ ।





















