काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबीच भेटघाट भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार उनीहरूबीच भेटघाट भएको हो।
भेटमा मन्त्रिपरिषद्लाई पूर्णता दिने लगायतका विषयमा छलफल भएको बुझिएको छ। प्रधानमन्त्री प्रचण्डले आइतबार बेलुकीसम्म सरकारले पूर्णता पाइसक्ने बताएका छन्।
शनिबार बालुवाटारमा सम्पादकहरूसँगको छलफलको क्रममा प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तारबारे आफूहरू सहमति नजिक रहेको बताएका थिए।
सोही अनुसार मन्त्रालय बाँडफाँट लगायतका विषयमा छलफल गर्न लामिछाने बालुवाटार पुगेको स्रोतको भनाई छ।





















