चितवन – चितवनको भरतपुरबाट प्रकाशित हुने लोकप्रिय दैनिक चितवन पोष्टका प्रबन्ध निर्देशक गोविन्द अर्याल चलचित्र पत्रकार संघ नेपाल चितवनको अध्यक्षमा निर्वाचित भएका छन् । चितवन शाखाको ८ औं अधिवेशनले ३ वर्षे कार्यकालका लागि ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
संघको उपाध्यक्षमा सागर ढुंगाना, सचिवमा रविन सुवेदी, सहसचिवमा आयुष न्यौपाने, कोषाध्यक्षमा सुशिल पन्त क्षेत्री चयन भएका भने सदस्यहरुमा मणिराज अधिकारी, प्रेमप्रसाद सापकोटा, सुरज परियार, हीरालाल आचार्य, बन्दना देपकोटा र युवराज शर्मा चयन भएका छन् ।
संघको अधिवेशनले सन्तोष बस्ताकोटी र राजकुमार देउजालाई केन्द्रीय प्रतिनिधि चयन गरेको छ ।





















