चितवन / दुबईमा दुई महिना अगाडि कोरोनाको कारणले मृत्यु भएका अम्बिर कुवँरको परिवारलाई आर्थिक रकम सामाजिक संजाल मार्फत संकलन गरि सहयोग रकम हस्तान्तरण गरिएको छ ।दुई महिना अगाडि श्रीमानको दुबईमा कोरोनाको कारणले मृत्यु भए पछि क्यान्सर पिडित आशा कुवँर धेरै चिन्तित छन् ।
बृद्ध सासु ससुरा, र दुई नावालक बच्चाको भविष्य अन्योलमा परेको छ । यस्तो अवस्था थाहा भए पछि दुखको साथिले सामाजिक संजाल फेसबुक मार्फत सहयोग संकलन गरेको थियो , उक्त सहयोग रकम श्रावण १० गते दुखको साथि समुह गएर हस्तान्तरण गरेको जानकारी संयोजक देविका कुवँरले जानकारी गराउनु भएको छ ।
जेठ १० बाट सरुवात भएको दुखको साथि अभियानले यहाँ भन्दा अगाडि कोरोना र लकडाउनको कारण समाजमा उब्जाएको समस्याहरु समाधान गर्दै आएको छ । क्यान्सर पिडित आशा कुवँरलाई दुखको साथि अभियानबाट दुखको साथी अभियानको अध्यक्ष देविका कुवँर उपाध्यक्ष अम्बिका लामिछाने सचिव रेखा भट्टराई सह सचिव मिना दाहाल कोषाध्यक्ष गीता अधिकारी सदस्य जानुका कुवँर र सबिता कुवँर ज्युको उपस्थितिमा रु.३२३२२। (रकम हस्तान्तरण ) गर्नुभएको हो ।

त्यस्तै जय मंगलामा भाडा बस्दै आएका यो परिवारलाई सहयोगको अति खाँचो छ । दुइबटा बच्चाको भविष्य अन्योलमा परेको छ सबैले दुखको साथि मार्फत वा आफै गएर सहयोग गरिदिनु भएमा यो परिवारलाई ठूलो राहत मिल्दछ ।





















