काभ्रे – काभ्रेको प्रतिनिधिसभा क्षेत्र १ प्रदेशसभा ‘क’ को सदस्यमा नेकपा (माओवादी केन्द्र) का रत्न ढकाल विजयी भएका छन् ।
बिहीबार सम्पन्न मत गणनामा ४४२ को भारी मतान्तर सहित ढकाल विजय भएका हुन् ।
बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री समेत रहेका ढकालले २० हजार ७२० मत प्राप्त गरेका छन् ।
उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार दिलबहादुर तामाङ (दिलिप) ले ११ हजार २७८ मत प्राप्त गरेका छन ।
त्यस्तै वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार बनेर विजय भएका ढकाल माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन् ।
उनले विजय भएपछि सञ्चारकर्मीसँग बोल्दै अघिल्लो कार्यकालमा अपूरा रहेको काम पुरा गर्ने र जनताकै बीचमा रहेका काम गर्ने बताए ।





















