काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगमा नेकपा एमाले दर्ता गराएर पार्टी एकतामाथि खेलवाड गरेको बताएका छन् ।
आज नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४२औँ स्मृति सभामा आयोजित सभामा प्रचण्डले यस्तो बताएका हुन् ।
पार्टी संकटमा छ। बैठक चल्दाचल्दै केपी ओलीको सक्रियतामा एमाले दर्ता भएको छ,’ प्रचण्डले भने । सरकारले नै सडकमा जिन्दावाद र मुर्दावादको नारा लगाएर एकता संकटमा पारेको उनको आरोप थियो ।
पार्टीका वरिष्ठ नेता नेपालसहितका नेताहरुसहित मञ्चमा उपस्थित प्रचण्ड प्रधानमन्त्री ओलीप्रति कडारूपमा प्रस्तुत भए ।
उनले राष्ट्रपति निवासमा जबजको तुरुप फालिएको प्रति संकेत गर्दै उनले जनताको बहुदलिय जनबाद र माओवाद जिन्दाबाद भन्ने नारा लगाए एकता नरहने चेतावनी दिए । बैचारिक विषयमा पार्टीमा बहस हुनसक्ने उनको भनाई छ । उनले जबजको अत्तो थाप्नु पार्टी फुटाउनु नै भएको बताए।
उनले सामूहिक नेतृत्व नमाने एकता अघि बढनै नसक्ने बताए । पार्टी एकता प्रक्रियाका काम बाँकी नै भएकाले अहिले सामूहिक नेतृत्व मान्न आवश्यक रहेको बताए ।
अर्का नेता माधव नेपालले ओलीलाई आडम्बर देखाइरहे पतन भएर जाने चेतावनी दिए । प्रचण्ड-माधवले बहुमतको निर्णय मान्नुपर्ने बताए ।
उनीहरूले केपी ओलीले पार्टी एकतामा कुठाराघात गरेको भन्दै सामूहिक नेतृत्वअनुसार अघि नबढे एकता नबच्नेसमेत धारणा राखेका थिए ।





















