झापा। झापा क्षेत्र नं १ मा प्रतिनिधिसभामा वाम गठबन्धनतर्फका नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्मा फराकिलो मतान्तरले विजयी भएका छन्।
नेकपा (एमाले)का उम्मेदवार अग्नि खरेललाई १४ हजार दुई सय ७५ मतले पछि पार्दै शर्मा विजयी भएका हुन्।
शर्माले ३९ हजार छ सय २४ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी खरेलले २५ हजार तीन सय ४९ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत टंकबहादुर महतले जानकारी दिए।
शर्मा नेपाली कांग्रेसका महामन्त्री हुन् भने खरेल नेकपा एमालेका स्थायी कमिटी सदस्य हुन्।





















