चितवन – चितवन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालले नेपाली कांग्रेसका विश्व पौडेललाई १२ सयभन्दा बढी मतले पछि पारेका छन्।
पछिल्लो परिणामअनुसार घन्टी चिह्न लिएर चुनाव लडिरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालले ५०९८ मत ल्याएका छन्। उनलाई पछ्याइरहेका कांग्रेसका विश्व पौडेलले ३८८४ मत ल्याएका छन्। उनीहरूबीच १२१४ मतको अन्तर छ।
यहाँ नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डे तेस्रो स्थानमा छन्। उनले ३८८० मत ल्याएका छन्।
चितवन-१ मा कांग्रेसलाई पछि पार्दै घन्टीको अग्रता
चितवन-१ मा कांग्रेसलाई पछि पार्दै घन्टीको अग्रता
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु





















