चितवन – राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आफ्नो सरकार बनेको एक महिनामै विदेशिएका सबै युवालाई नेपाल फर्काएर रोजगारी दिने दाबी गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी आमसभालाई चितवनको नारायणी किनारमा सम्बोधन गर्दै रविले उक्त कुरा भनेका हुन्।
‘फ्रि भिसा फ्रि टिकटको स्किम आएको भन्ने सुनेको छु। ल मेरो पनि आज एउटा स्किम लैजानुहोस्, हाम्रो सरकार बन्यो भने एक महिनाभित्र विदेशमा बसेका क्षमतावान सय मानिसलाई यही देशमा त्यही सुविधासहितको रोजगार दिइनेछ।
विस्तारै अमेरिका, युरोपका गल्लीमा नेपालमा रोजगार पाइन्छ भन्ने पोस्टर टाँसिनेछ। त्यसका लागि म आफैं जानेछु,’ लामिछानेले भने।





















