भरतपुर । देश विकास गर्न राजनीतिमा आएको चितवन ३ का संघीय सांसदका उम्मेदवार डा. भाेजराज अधिकारीले बताएका छन् ।
लाेकतान्त्रिक-बाम गठबन्धनको चुनावी काेणसभालाई मेघाैलीमा सम्बाेधन गर्दै उनलेे विकास गर्न राजनीतिमा अाएकाे बताए ।उनलेे भने,” राजनीति मार्फत विकास गर्ने हाे, राजनीति मात्रै गर्ने हाेईन” । उनलेे जनताले महसुुस गर्ने गरि काम गर्न चाहेको बताए ।
मेघाैलीलाई भरतपुरकाे केन्द्रसँग जाेड्न चाहेको डा. भाेजराजले सुनाए । “यहाँ विमानस्थल सञ्चालन गर्न सकिन्छ, त्यसका लागि पहल गर्छु”, उनलेे भने,” गाेलाघाटमा पुल निर्माण र तटबन्ध मेरो प्राथमिकतामा रहन्छ” । नारायणी तटबन्ध र गाेलाघाट पुल आफ्नो कार्यकालमा सम्पन्न गर्ने उनको प्रतिबद्धता छ ।
सँगसँगै गाेलाघाट पर्यटन केन्द्रकाे रूपमा विकर्सित गर्ने उनलेे बताए । कुमाल र तामाङ समुदायलाई सम्बाेधन गर्दै उम्मेदवार डा. भाेजराजले जातिय पहिचानकाे अपनत्व स्थापित हुने गरि याेजना निर्माण गर्ने डा. भाेजराजले बताए ।





















