भरतपुर – चितवन क्षेत्र नम्वर २ (क) बाट प्रदेशसभा सदस्यका उम्मेदवार घनश्याम दाहाल अविनाश ले प्रतिगमनकारीहरुनै अग्रगामी भन्दै हिडेको आरोप लगाउनुभएको छ ।
शुक्रबार कालिका नगरपालिका वडा नम्वर ३ को लामा चोकको कार्यक्रममा दाहालले चर्का चर्का भाषण गर्नेहरुकै कारण देश संकटमा पुगेको दाबी गर्नुभयो ।
“सिद्धान्तको प्रशिक्षण दिनेहरुले अहिले फलानो पार्टीलाई भोट दिनु भनेर निर्देशन दिन थालेका छन्, जनतालाई पार्टीको सिपाही बनाएका छन्”, दाहालले भन्नुभयो, “न्यायप्रेमि जनताहरु अब जाग्नुपर्छ , देश बचाउने र विकास ल्याउने नेताहरुलाई जिताउन लाग्नुपर्छ ।”
दाहालले जनताले तिरेको कर देश विकासमा लगानी गर्नु पर्ने जीकिर गर्नुभयो । “गाउँ, वस्तीमा विकास ल्याउन बजेटले पुग्दैन, आयोजनाहरु ल्याउनुपर्ने अवस्था छ”, उहाँले भन्नुभयो, “दातृनिकायबाट ठुला आयोजना माग गर्नुपर्ने अवस्था छ, संकलित कर रकमको सदुपयोग गर्न आफू लागि पर्ने बताउनुभयो ।”
“किसानका खेत खेतमा प्राविधिक पठाउने, उत्पादन बढाउनेतर्फ ध्यान दिनै सकेनन्”, प्रदेशसभा सदस्यका उम्मेदवार भन्नुभयो, चितवनको कालिका नगरपालिकालाई कृषि हब बनाएर सोही अनुसार किसानलाई प्रोत्साहन गर्न सके देशलाई पुग्ने उव्जनी फलाउन सकिन्थ्यो ।”

उहाँले जनताहरु अन्याय, वेथीति विरुद्ध मंसिर ४ गते गोलाकार भित्रको हसियाँ हतौडा मा मतदान गर्ने विश्वास लिएको बताउनुभयो ।
त्यस्तै कार्यक्रममा नेकपा माओवादी केन्द को चितवन जिल्ला कार्यसमिति सदस्य धर्मेन्द्र बन , नेकपा माओवादी केन्द्र बाट बागमति प्रदेश सभाका समानुपातिक उमेदवार ईश्वर सापकोटा सुमन लगायतका नेताहरु सहभागी हुनुहुन्थ्यो ।





















