शहरको गल्लीगल्लीमा मायाको चीत्कार छ
दिल जोड्ने भन्दा तोड्नेहरूको ठूलो बजार छ।।
मलाई जस्तै कसैलाई पीडा नहोस् यात्रा गर्दा
मायाको बाटोमा हस्पिटल खोल्ने बिचार छ ।।
हेर्नेहरु आहा१ कति स्वतन्त्रको जिन्दगी भन्छन्
मलाई बन्द गर्ने यादहरूले बनेको कारागार छ।।
माया गरेर घात पाएको पल यत्ति बुझ्न पाएँ
खुकुरीमा भन्दा धेरै मायामा धारिलो धार छ ।
मन खोलेर रुन पनि मिल्दैन भेट भएको बेला
ऊ अरूकै श्रीमान हो उसलाई सधैं हतार छ ।।
गजलकार मिरा बराल
भरतपुर १२ चितवन





















