काठमाण्डौं – बरिष्ठ शिक्षाविद स्व.माधव प्रसाद मरहट्टाको दोस्रो स्मृति दिवस आज (शनिबार) सम्पन्न भएको छ । फ्लोरोसेन्ट माध्यामिक विद्यालयद्धारा आयोजित उक्त समारोहमा विद्यालयका शिक्षक, कर्मचारी र वहाँका परिवारका सदस्यहरुको उपस्थिति थियो ।

उक्त समारोहमा स्व. माधव प्रसाद मरहट्टाको जिवनी , वहाँको व्यक्तीत्व र वहाँका जिवनका विभिन्न आयामहरुको बारेमा संस्थापक तिर्थराज घिमिरेले प्रकाश पार्नुभयो ।


विद्यालयका अध्यक्ष नारायण ढकाल, माधव प्रसाद मरहट्टाको धर्मपत्नि सरलादेवि मरहट्टा , प्रिन्सिपल कमल न्यौपाने , संस्थापक मेघराज गौतम र परिवारका सदस्यहरुले वहाँको तस्वीरमा माल्यापर्ण गर्नुभएको थियो ।

उक्त अवसरमा स्व. माधव प्रसाद मरहट्टा स्मृति फाउण्डेसनका तर्फबाट वहाँका सुपुत्र डा. सुमन बाबु मरहट्टाले गोरखाको जनता माध्यमिक विद्यालय आँपपिपल र सारदा माध्यमिक विद्यालय चापाभन्ज्याङ्गका २ / २ जना विद्यार्थीहरुलाई स्कूल सञ्चालक समितिको सिफारिसमा १५ / १५ हजार को छात्रवृति प्रदान गर्ने निर्णय भएको जानकारी गराउनुभयो ।


त्यस्तै फ्लोरोसेन्ट माध्यमिक विद्यालय र साउथ वोस्टर्न स्कूलका १ / १ जना उत्कृष्ट विद्यार्थीलाई स्कूलको वार्षिक कार्यक्रममा फाउण्डेसनको तर्फबाट स्व. माधव प्रसाद मरहट्टा Student of the year पुरस्कार प्रदान गर्ने घोषणा भएको फाउण्डेसनका सदस्य तथा वहाँका सुपुत्र उमेश बाबु मरहट्टाले बताउनुभयो । माधव प्रसाद मरहट्टा स्मृति फाउण्डेसन करिब १८ महिना अगाडि स्थापना भएको थियो ।























