चिन्तामणि पौडेल/प्रकाश ज्ञवाली, चितवन : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निर्वाचन क्षेत्रको रुपमा परिचित २०७४ को निर्वाचन देखिनै बढी चर्चामा रहेको चितवनको यो निर्वाचन क्षेत्रमा यतिवेला डा. भोजराज अधिकारीको चर्चा छ ।
उनले कति मतान्तरले आफ्नो अग्रता हाँसिल गर्छन भन्ने । अनि काँग्रेसबाट बिद्रोह गरि स्वतन्त्र उम्मेद्वारी दिएका दिनेश कोइरालालाई समर्थन गरेको एमालेको अवस्था यो क्षेत्रमा के होला भन्ने । अघिल्लो निर्वाचनमा काँग्रेसको समर्थनमा समेत १० हजार मतान्तरले पराजय भोगेका राप्रपा नेता बिक्रम पाण्डेको अवस्था कस्तो होला भन्ने ?
गत आम निर्वाचनमा प्रचण्डका कारण बढी चर्चामा रहेको यो क्षेत्र गत स्थानीयतह निर्वाचनपछि झनै चर्चाको शिखरमा थियो ।
गत वैशाख ३१ मा सम्पन्न पछिल्लो स्थानीय तहको निर्वाचन पछि कौतुहलतामा रहेको यस क्षेत्र प्रचण्डले गोरखा २ बाट उम्मेद्वार दिने निर्णय पछि त्यति चर्चामा रहेन् । तर, पछिल्ला दिनहरुमा फेरी चर्चामा छ ।
प्रचण्डको निर्वाचन क्षेत्र बाट प्रचण्डका प्रतिनिधिले जित्दैछन की हार्दैछन भनेर ।
समग्र चितवनकै प्रतिनिधित्व जस्तो देखिने यो निर्वाचन क्षेत्रमा प्रतिनिधि सभाको एक सीटको लागि २१ जनाका उम्मेद्वारी परेको थियो । यतिवेला पार्टी र स्वतन्त्र गरि २० जनाको उम्मेद्वारी कायम छ । गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र) का डा. भोजराज अधिकारी र राप्रपाका नेता बिक्रम पाण्डेको उम्मेद्वारी छ ।





















