काठमाडौं / सरकारले आज ( वीहीबार) बाट सार्वजनिक यातायातका साधन चलाउन दिए पनि सीमित यात्रु मात्र बोक्न पाइने नियम लगाएको छ । एउटा सिट खाली राखेर यात्रु चढाउनु पर्छ ।
रत्नपार्क–बालाजु रुटमा माइक्रो चलाउने सुधिर थापा वीहीबार बिहान यात्रुको प्रतीक्षामा भेटिए । चार महिना लामो लकडाउन हटेको आज पहिलो दिन चार–पाँच जना मात्रै बोकेर हिंड्ने गरेको चालक थापाले सुनाए ।
अरु बेलामा अफिस समयमा सिट नपुगेर उभिएर लाने गरेको उनको भनाई छ । थापा जस्तै धेरै चालक सडकमा यात्रुको पर्खाइमा थिए । बनस्थलि –सुन्धारा माइक्रो चलाउने किशोर श्रेष्ठले चार महिना पछि पहिलो पटक गाडी लिएर सडकमा निस्किएको बताए। तीन यात्रु लिएर आएका थिए । फर्कने बेलामा पाउने हो होईन भन्ने उनले चिन्ता व्यक्त गरेका थिए तर यात्रु भए नि धेरै हाल्न नपाइने भएकाले चिन्ता लागेको छ उनले दुखेसो गरेक थिए ।
पुरानो बसपार्कमा खटिएका ट्राफिक प्रहरी ले सार्वजनिक सवारीको चाप सुरु भइनसकेको बताए । ‘सधैंजस्तो सार्वजनिक सवारीको चाप बढेको छैन’, उनले भने, ‘सधैं हामीलाई सवारी व्यवस्थापन गर्न मुस्किल पथ्र्यो तर अहिले त्यस्तो छैन । ’ सवारी चालक गाउँतिरै भएकाले पनि सबै सवारी नचलेको हुन सक्ने उनले बताए ।
धेरै जसोचालकले भने आज देखि गाडी चलाउन थालेको हुँ’, यात्रु छैनन् । एक सिट खाली गरेर राख्नुपर्छ । तेल खर्च उठाएर खाना खान पु¥याउन मुस्किल छ । तर पनि सार्वजनिक सवारी भने कमै चलेका थिए । सार्वजनिक यातायात राख्ने मुख्य स्थान खुला छ ।
पुरानो बसपार्क सुनसान देखिन्थ्यो । केही बस मात्र सडकमा गुडेका थिए । ती गाडीमा यात्रु पनि फाट्टफुट्ट मात्र देखिन्थे ।
फाईल फोटो





















