चितवन : विशेष अभियान मार्फत डा. भाेजराज अधिकारीलाई जिताउन लाेकतान्त्रिक-बाम गठबन्धनका युवाहरू केन्द्रीत भएका छन् ।
प्रतिनिधिसभा चितवन क्षेत्र नम्बर ३ अन्तर्गत बाम लाेकतान्त्रिक गठबन्धनका साझा उमेदवार युवा नै भएकोले पनि युवाहरू अभियान मार्फत सक्रिय भएका हुन् ।
३ नम्बर क्षेत्रीय युवा परिचालन उपसमितिले आयाेजना गरेको कार्यक्रमलाई सम्बाेधन गर्दै प्रतिनिधि सभा सदस्य चितवन क्षेत्र ३ का साझा उम्मेदवार डा. भाेजराज अधिकारीले चुनावी विकृति राेक्ने अभियानमा केन्द्रीकृत हुन आग्रह गरेका छन् ।
युवाकाे सिप र सेवाको पुरा स्वरूपलाई राज्य सेवा समर्पित गर्न चाहेको उनले बताए । युवाको याेगदानलाई सम्मान गर्ने उनको प्रतिबद्धता छ ।





















